+
Search

ताजा अपडेट +

पपुलर +

सेयर बजारमा कीर्तिमानै कीर्तिमान, तोडियो परिसूचक र कारोबारमा यसअघिको रेकर्ड

4KNationalDaily
२०७७ मंसिर ११, बिहीबार १५:५२ बजे

काठमाडौं- साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ कीर्तिमान कायम गरेको छ।

नेप्सेले आज अहिलेसम्मकै उच्च विन्दु कायम गर्नुका साथै सबैभन्दा उच्च कारोबार रकमको कीर्तिमान राखेको हो।

कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्सेले आज यसअघिको परिसूचकको उच्च विन्दु पार गर्‍यो। परिसूचक वि.सं. २०७३ सालमा कायम भएको उच्च विन्दु १८८१ कटेर १९ सयभन्दा माथि पुग्न सफल भएको छ।

बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबै भन्दा धेरै हो । यस अघि २०७३ सालमा नेप्से परिसूचक १ हजार ८ सय ८१ सम्म पुगेको थियो ।

त्यसयता लगातार ओरालो लागेको बजार ४ वर्ष पछि पहिलेको रेकर्ड तोड्न सफल भएको हो । बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव ८५ अंकले बढेको छ ।

नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेको छ । बिहीबार दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै उच्च कारोबार हो । यस अघि एकैदिन ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । अब भने नयाँ रेकर्ड कायम भएको छ । यद्यपि, नेप्सेमा कारोबार हुने अधिकांश उपसमूहरु ओरालो लागेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily