गाेरखा- धार्चे गाउँपालिका–७ लापुस्थित नौलीखोलामा क्यानोनिङको प्रशिक्षण गरिएको छ । डोरीमा झुण्डिएर पानीमा खेल्ने साहसिक खेलका रुपमा क्यानोनिङ चिनिन्छ ।
गाउँपालिकाले गत शुुक्रबारदेखि २० जनालाई पाँचदिने क्यानोनिङको प्रशिक्षण दिएको घार्चे गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष धनकुुमार घलेले जानकारी दिए ।
गाउँपालिकाले उक्त खोलामा क्यानोनिङ सञ्चालन गर्नका लागि पर्यटन उपसमिती गठन गरेर काम अघि बढाएकाे थियाे ।
‘नौलीखोला झर्नामा ब्यबसायीक क्यानोनिङ गर्नका लागि हामीले यहाँका १३ जना पुरुष र ७ जना महिलाहरुलाई पाँचदिने बेसिक तालिम दिएका हौँ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘अब छिट्टै उनीहरुलाई एडभान्स तालिमका लागि पठाउँछौ अनि नियमित क्यानोनिङ हुन्छ ।’
‘प्रशिक्षण सुरु गर्नेबित्तिकै म पनि खेल्छु, टिकट कति हो भन्दै आउने मानिसहरुको भिड नै लाग्न थालिसक्यो’ उनले भने ‘त्यसकारण अब हामीले यसलाई ब्यबसायीक तरिकाले अघि बढाउन ढिलो गर्नु हुँदैन । सक्दो छिट्टै सुरु गरिहाल्छौँ ।’
केही समय अघि धार्चे मनास्लु पर्यटन विकास समितिसँगको समन्वयमा क्यानोनिङ एसोसियसनले गरेको अध्ययनले यहाँ क्यानोनिङ ब्यबसायको प्रचुुर सम्भावना रहेको प्रतिबेदन पेश गरेको थियो ।
क्यानोनिङ हुने ठाउँ सडकको छेउमै पर्ने भएकाले पर्यटकलाई आउजाउ गर्न कुनै समस्या छैन । नौलीखोलामा क्यानोनिङ फेस्टिवल र ट्रेनिङका लागि पर्यटन बोर्डले ९ लाख रुपैयाँ छुट्ट्याएको थियो ।
प्रतिक्रिया