+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको मनमा आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ : प्रधानमन्त्री ओली

4KNationalDaily
२०७७ मंसिर १३, शनिबार १६:४४ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आफूलाई सरकार र पार्टी सञ्चालनका क्रममा ठूलो असहयोग भएको बताएका छन्।

प्रचण्डले आफूलाई लगाएका आरोपको लिखित जवाफ दिने क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रस्तावको भाषा शैली र आरोपले उनीभित्रको आक्रोश, आग्रह, घृणा र कुण्ठा देखाएको उल्लेख गरेका छन्।

‘यस ‘प्रस्ताव’मा प्रस्तुत भाषाशैली र आरोप हेरिसकेपछि सामान्य व्यक्तिले पनि अनुमान गर्नेछन्, ‘बितेको समयमा मैले आफ्नै सहयोद्धा अध्यक्षबाट कस्तो खालको सहयोग र साथ पाएको रहेछु।’ जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग भयो होला?,’ प्रचण्डको प्रस्तावलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily