+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

4KNationalDaily
२०७७ मंसिर १४, आईतवार ०७:३४ बजे

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासघको ५४ औं साधारण सभा (नेतत्व चयनको महाधिवेशन) मा व्यवसायी चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।

आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल ५७ औं साधारणसभापछि स्वतः अध्यक्ष हुने गरी गरी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।

ढकाल झण्डै ५५ प्रतिशत मत ल्याएर वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धाी प्रधानले भने ४५ प्रतिशत मत प्राप्त गरे।

ढकालले जिल्ला–नगरतर्फ १०५ मतमा ५२, वस्तुगततर्फ १०१ मतमा ५९ तथा एशोसियसट र द्विराष्ट्रतर्फ ८९७ मतमा ५२२ मत ल्याएका हुन्। उनका प्रतिस्पर्धी प्रधानले भने जिल्ला–नगरतर्फ ५३, एशोसियसटतर्फ ३७३ र वस्तुगततर्फ ३९ मत ल्याएका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षको पदमा जिल्ला–नगरको मतलाई ५० प्रतिशत भार मानिन्छ भने वस्तुगतलाई २० र एशोसियटलाई ३० मानिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily