+
Search

ताजा अपडेट +

पपुलर +

अन्तिम टी-२० मा शानदार जीत निकाल्दै इंग्ल्यान्डद्वारा श्रृंखला क्लिन स्वीप

4KNationalDaily
२०७७ मंसिर १७, बुधबार ०८:५१ बजे

काठमाडौं- दक्षिण अफ्रिका भ्रमणमा रहेको इंग्ल्यान्डले तीन खेलको टी-२० श्रृंखला क्लिन स्वीप गरेको छ । मङ्गलबार राति सम्पन्‍न तेस्रो तथा अन्तिम टी-२० खेलमा ९ विकेटको शानदार जीत निकाल्दै इंग्ल्यान्डले घरेलु टोलीमाथि आफ्नो दबदबा कायम राखेको हो ।

दक्षिण अफ्रिकाले दिएको १९२ रनको विजयी लक्ष्य इंग्ल्यान्डले १७.४ ओभरमै केवल १ विकेटको क्षतिमा भेट्टाएको हो । इंग्लान्डको जीतमा डेविड मलानले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै अविजित ९९ रन बनाए ।

४७ बल खेलेका उनले ११ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी जस बट्लरले पनि अविजित ६७ रन बनाए । द.अफ्रिकाका एनरिच नोर्त्जेले १ विकेट लिए ।

अर्धशतक प्रहार गरेपछि इंग्ल्यान्डका डेविड मलान । खेलको म्यान अफ दि म्याच घोषित उनी म्यान अफ दि सिरिज पनि चुनिएका छन् ।

यसअघि केप टाउनमा टस जितेर ब्याटिङ गरेको द.अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो । राशी भान डर डुसेनले अविजित ७४ र फाफ डुप्लेसीले ५२ रन बनाएपछि ठुलो स्कोर खडा गरेको द अफ्रिकाले त्यसलाई जोगाउन भने सकेन ।

दोस्रो तथा तेस्रो टी-२० मा उत्कृष्ट प्रदर्शन गरेका डेविड मलान श्रृंखलाको प्लेयर अफ दि सिरिज घोषित भए । यी दुई टोलीबीच तीन एकदिवसीय खेल पनि हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily