+
Search

ताजा अपडेट +

पपुलर +

वर्तमान सरकारकै कारण यसरी सलबलाउँदै छन् राजावादी

4KNationalDaily
२०७७ मंसिर १८, बिहीबार ०८:०० बजे

काठमाडौं- कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी एवं सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै।

०६–६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरु चरणबद्ध प्रदर्शन गरिरहेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदखगेन्द्र भण्डारीले लेखेका छन्।

देशका मुख्य सहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरका फरक–फरक ब्यानरमा प्रदर्शन गरेका छन् । उनीहरुको उद्देश्य भने एउटै देखिन्छ– गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दुराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने।

संघीय राजधानी काठमाडौँमा पनि प्रदर्शन हुन थालेपछि उपत्यकाका तीनै जिल्ला प्रशासनले आन्दोलनकारीमाथि निगरानी बढाउने निर्णय गरेका छन्।

आखिर गणतन्त्र स्थापनाको १२ वर्षमै राजावादीहरु किन सलबलाए? गणतन्त्रपछि जति पनि शासक आए, उनीहरुले यो व्यवस्थालाई बिकृत बनाउने काम गरिरहेका छन्,’ नागरिक समाजका अगुवा कृष्ण पहाडी भन्छन्, ‘अहिले परम्परागत शक्ति या राजावादी सडकमा देखिएका छन्। यसमा सरकार बढी दोषी छ।’

युवामा असन्तुष्टि बढ्नु, सत्याग्रहीप्रति सरकारको व्यवहार राम्रो नहुनु र राष्ट्रको अभिभावकको भूमिका सन्तुलित नहुनुले पनि राजावादीलाइ हौसला मिलेको पहाडीको बुझाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily