हुम्ला- हुम्ला विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारी बिहीबार बिहानै अचानक भएकाे आगलागीबाट धन्नले बाँचेका छन्।
हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार नागरिक उडड्यन प्राधिकरण प्रमुख अधिकारी सुतिरहेका बेला आगलागी भएकाे हाे।
विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीले आफ्नो कार्यालयको झ्यालबाट धुवाँको मुस्लो देखेपछि तुरुन्त सूचना दिएपछि उनी भागेर बाँच्न सफल भएकाे उनले बताए।
डीएसपी सुवेदीका अनुसार भाग्ने क्रममा विमानस्थल प्रमुख अधिकारी सामान्य घाइते भएका छन्। ‘अन्धाधुन्द भाग्ने क्रममा प्राधिकरण प्रमुख विष्णुप्रसाद अधिकारीको निधार, हातमा ससाना चोटकपटक लागेका छन्,’ उनले भने।
यसैगरी आगो निभाउने क्रमममा विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी कार्यालय सहायक गणेश सुयाल पनि सामान्य घाइते भएका छन्।
प्रतिक्रिया