काठमाडौं- नेकपाका युवा नेता लेखनाथ न्यौपानेले नेतृत्वको कारण आम नागरिकमा कम्युनिष्ट पार्टीप्रतिको धारणा नकारात्मक बनेको बताएका छन्।
शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता न्यौपानले अध्यक्ष ओलीतर्फ संकेत गर्दै पार्टीको छवि धुमिल भएको दाबी गरेका हुन्।
उनले जनाको माझ कम्युनिष्ट हुँ भनेर जाँदा ढुंगामुढा खानुपर्ने स्थिति आएको उल्लेख गरे। भेलामा उनले भने, ‘आज डर छ, कम्युनिस्ट हु भन्दा जनताले ढुंगामुडा गर्ने स्थिति छ। यो गल्ती सच्याउन पर्छ।’
दाहाल नेपाल पक्षेका गुट भेलामा न्यौपानले शीर्ष नेतृत्वको अन्ध भक्त वा अन्धो विरोधले पार्टीलाई नै हानि पुर्याउने विश्लेषण गरे।
‘अन्धभक्त भएर विरोध र समर्थन नगरौं। नेता विशेषलाई देउरालीको ढुंगो मान्न हुन्न। आत्म स्वीकार गर्ने कम्युनिस्टको आचरण होइन, उनले अगाडि भने, ‘रणनीतिक उद्देश्य समाजवाद हो। यो तरिकाले अघि बढ्न सकिदैन। कम्युनिस्ट आन्दोलनलाई स्पष्ट पार्नु पर्छ।’
न्यौपानेले ओली नेतृत्वको सरकारले गरेका काम र पार्टी दस्तावेज समाजवाद उन्मुख नभएको उल्लेख गरे। उनले भने, ‘पार्टीका दस्तावेज हेर्नुहोस्। पार्टी, वर्ग र किसान कति छ हिसाब किताब गर्नु त? सामन्तवाद कि समाजवाद कतातिर गएका छौँ ?’
प्रतिक्रिया