+
Search

ताजा अपडेट +

पपुलर +

पछिल्लो २४ घण्टामा १२ सय ७२ जनामा कोरोना पुष्टि, १५ सय ७५ निको भए, १६ को मृत्यु

4KNationalDaily
२०७७ मंसिर १९, शुक्रबार १९:१८ बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २७२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २७२ संक्रमण पुष्टि हो।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ५७५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily