काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस हुने भएको छ ।
सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’
‘आजको सचिवालय बैठकले भोलीको स्थायी समिति बैठकलाई निश्चित गर्दै पार्टीको संकट र निवारण गर्नेबारे आएका सबै प्रस्ताव त्यहिँ नै पेस र छलफल गर्ने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले बताए।
प्रतिक्रिया