काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउनुभएको छ ।
स्थायी कमिटीको बैठकमा प्रचण्डले गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताए । यसका लागि जो पनि तयार हुनुपर्ने भन्दै गणतन्त्र र पार्टी एकता बचाउनका लागि त्याग गर्न तयार हुने कि नहुने भनेर ओलीलाई प्रश्न गरे।
परिवर्तन र पार्टी एकता संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो नभएको र आफू पनि त्याग गर्न तयार गरेको प्रचण्डले बताएका थिए । प्रचण्डको भनाइ उद्धृत ती नेताले भने –’हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्ता ल्याउन म अध्यक्ष छोड्न तयार छु।’
यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए । पार्टी भित्रको विवादबारे बोल्दै प्रचण्डले यसको दोष ओलीलाई दिएका छन् ।
ओलीले फायर खोलेपछि आफूहरुले प्रतिवाद गरेको प्रचण्डको दावी छ । बैठकका लागि पत्रमात्र लेख्दा ओली सार्वजनिक रुपमा उत्रिएपछि अहिलेको अवस्था आएको प्रचण्डको भनाइ छ । अनौपचारिक छलफलबाट समाधान निस्कने ठाउँमा ओलीले सार्वजनिक रुपमै उत्रिएको प्रचण्डले टिप्पणी गरे ।
प्रतिक्रिया