+
Search

ताजा अपडेट +

पपुलर +

वुल्भ्समाथि लिभरपुलको सहज जित

4KNationalDaily
२०७७ मंसिर २२, सोमबार ०७:५९ बजे

काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई ४–० गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम वुल्भ्सको जितमा मोहम्मद सलाह, जर्जिनियो विज्नाल्डुम र जोइल माटिपले गोल गरे। एक गोल भने लिभरपुलले उपहार स्वरुप पाएको थियो।

खेलको २४ औं मिनेटमा नै गोल गर्दै सलाहले घरेलु टिमलाई अग्रता दिलाए। ५८ औं मिनेटमा जर्जिनियोले गोल गरेपछि लिभरपुलले २–० गोलको अग्रता लियो।

खेलको ६७ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई ३–० गोलको अग्रता दिलाए। वुल्भ्सका नेल्सन समेडोले ७८ औं मिनेटमा आत्मघाति गोल गर्दा लिभरपुलले ४–० गोलको अग्रता लियो।

इंग्लिस प्रिमियर लिगमै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्ट ब्रुमलाई ५–१ गोलअन्तरले पराजित गरेको छ।

वुल्भ्सलाई पराजित गरेसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलको ११ खेलबाट २४ अंक भएको छ। पराजित वुल्भ्सको भने ११ खेलबाट १७ अंक छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily