+
Search

ताजा अपडेट +

पपुलर +

आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

4KNationalDaily
२०७७ मंसिर २३, मंगलवार ०९:०७ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ।

बैठक अहिले बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

उनका अनुसार ‘समसामयिक राष्ट्रिय राजनीतिका विषयमा’ संवाद गर्न बैठक राख्न लागिएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहभागी हुनेछन्।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेको तथा देशभर राजावादीको प्रदर्शन बढिरहेका बेला आह्वान गरिएको सर्वदलीय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

यसअघि वैशाख ३१ गते भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा छलफल गर्न पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily