+
Search

ताजा अपडेट +

पपुलर +

६६ करोड रुपैयाँको आइपिओ निष्काशन गर्न ज्योति लाइफको बोर्डमा आवेदन

4KNationalDaily
२०७७ मंसिर २३, मंगलवार १८:५१ बजे

काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले ६६ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको हो।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। ६६ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गरे सँगै चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ। बोर्डबाट अनुमति पाउने बित्तिकै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न सक्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily