काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुको प्रदर्शनलाई पंखा चलाएर आँधी सिर्जना गर्ने प्रयत्नको रुपमा टिप्पणी गरेका छन्।
काठमाडौंको चोभारमा रहेको सुवर्णकीर्ति महाविहारमा जेष्ठ नागरिक आवासगृहको शिलान्यास कार्यक्रममा उनले देशमा बलजफ्ती राजनीतिक समस्या खडा गर्न खोजिएको बताए। तर त्यसलाई स्वार्थी प्रयास भन्दै उनले सफल नहुने बताए।
‘आँधी आफैं आयो भने आँधी हुन्छ। पंखा चलाएर आँधी ल्याउँछु भनेर, पंखाले आफ्नो वरिपरि मात्रै हावा ल्याउने हो। पंखाले आँधी ल्याउन सक्दैन। आँधी आफैं आएको आँधी हुन्छ। अहिले पंखाबाट आँधी ल्याउन खोजिएको छ। पंखाले आँधी सिर्जना गर्न सक्दैन’, उनले भने।
प्रधानमन्त्री ओलीले मंगलबारै अहिले राजावादीहरुले गरिरहेको प्रदर्शन लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आयोजना गरेका थिए।
प्रतिक्रिया