काठमाडौं- अमेरिकाकी चर्चित मोडेल, व्यापारी तथा मिडिया पर्सनालिटी काइली जेनर चर्चामा आइरहने महिला हुन्।
सामाजिक संजालमा निकै सक्रिय रहेकी काइलीमाथि शरीर आकर्षक बनाउन प्लास्टिक सर्जरी गरेको भनेर आरोप लाग्ने गरेको छ।
अमेरिकी टेलिभिजन सेरिज ‘किपिङ अप विन दि कार्दसियन्स’मा आवद्ध भएर काइलीले चर्चा कमाएकी थिइन्।
पछिल्लो समय उनी सफल महिला व्यवसायी भइसकेकी छिन्। उनी काइली कस्पेटिक्स र काइली स्किन कम्पनीकी मालिक हुन्।
उनी आफ्नो कम्पनीको उत्पादनलाई सामाजिक संजालमा विज्ञापन गर्न सक्रिय रुपमा लागि परेकी छिन्। उनी आफ्नो कम्पनीको उत्पादनहरु लगाएर तस्बिरहरु सामाजिक संजालमा पोस्ट गर्छिन्।
उनका हरेक तस्बिर भाइरल हुने गर्दछ। यस साता भाइरल बनेका उनका तस्बिरहरु यस्ता छन् ।
प्रतिक्रिया