गोरखा- नेपाल बिद्यार्थी संघ गोरखाले बजार क्षेत्रमा सिठी जुलुश निकालेकाे छ । देशको विभिन्न भागमा भएका घटनाका बिषयमा सकारको ध्यानाकर्षण गर्ने उद्वेश्यका साथ संघले बजारमा सिठी जुलुशको आयोजना गरेको हो ।
बर्तमान सरकारले देशमा बढ्दो बेथिति, बिसंगती, हत्या, हिंसा, बलात्कार, भष्ट्राचार रोक्न नसकेको भन्दै नेविसंघका नेता कार्यकर्ताले जुलुसमा चर्को आलोचना गरेका थिए ।
हरमटारी चोकमा आयोजित कोण सभामा बोल्दै नेबिसंघका जिल्ला अध्यक्ष शुबास अधिकारीले दुई तिहाई सरकारले जनताको चाहना र भाबना अनुरुप काम गर्न नसकेको बताउँदै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने धारणा राखे । सरकार कानमा तेल हालेर बसेकाले जनताको कुरा सुनाउन सिठ्ठी जुलुस गरिएको नेविसंघ अध्यक्ष अधिकारीले बताए ।
‘सरकार कानमा तेल हालेर बसेको छ,’ उनले भने ‘हामीले सरकारलाई साँकेतिक रुपमा बहिरो भएको हो कि भनेर सिठी सुनाएका हौं ।’
मंसिर २९ गते सोमवार नेपाली कांग्रेसले देशब्यापी सरकार बिरुद्ध प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको पूर्व सन्ध्यामा सिठ्ठी जुलुस गरिएको सचिव मिलनसिंह बस्नेतले बताए ।
प्रतिक्रिया