+
Search

ताजा अपडेट +

पपुलर +

अध्यादेश अधिनायकवादको सिँढी हो : शेखर कोइराला

4KNationalDaily
२०७७ मंसिर ३०, मंगलवार १६:४५ बजे

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अधिनायकवादको सिँढी भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।

‘संविधानको मर्म र भावनाविपरीत ल्याइएको ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश’ तुरुन्तै खारेज गरियोस्‚’ उनले लेखेका छन्‚ ‘यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिँढी हो।’

मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रचण्ड पक्षका मानिने सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि लगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो।

मंगलबार मन्त्रिषरिषद्को सिफारिसमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily