काठमाडौं- संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा सुरु भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा सहितको बैठक बसेको हो।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमै सो बैठक बसेको हो। आज मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो।
त्यसपछि परिषद्का अध्यक्ष समेत रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ ५ बजेका लागि सो बैठक डाकेका थिए। बिहान सभामुख उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए।
तर दिउँसो प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम गर्ने गरी अध्यादेश ल्याएपछि देउवा समेत बैठकमा गएनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ जनाको पद रिक्त छ। तिनै पदहरुमा नियुक्तिका लागि सो बैठक बस्न लागेको हो।
याे पनि :
अब संवैधानिक परिषदको बैठक विपक्षी दलको नेता र सभामुखबिनै बस्न सक्ने, यस्तो छ अध्यादेश
नेकपा विवादको असर : संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज नभए दुर्घटना निम्तिन्छ : प्रचण्ड
संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि देउवा बैठकमा नजाने
अध्यादेश अधिनायकवादको सिँढी हो : शेखर कोइराला
अध्यादेश सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो : रामचन्द्र पौडेल
संवैधानिक परिषदसम्वन्धी अध्यादेशमा बाबुरामको टिप्पणी- ओली परिषद्
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक
संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा जारी, देउवा आए, सभामुख अनुपस्थित
प्रतिक्रिया