काठमाडौं- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत भएकाले अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको समयमा आएकाले गलत भएको बताए।
‘सरकारले पुनः संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको छ। यो सारतः यसअघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो‚’ श्रेष्ठले लेखेका छन्‚ ‘त्यसबेला हाम्रो पार्टी, प्रमुख प्रतिपक्षलगायतका राजनीतिक पार्टीहरु र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै विरोध गरी फिर्ता लिन व्यापक दबाब दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो।’
https://www.facebook.com/narayankaji.shrestha.33/posts/2803861006538103
अहिले पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको अवस्थामा अध्यादेश ल्याएकाले गलत भएको उनले बताए।
‘संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ। यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ। तसर्थ अध्यादेश तत्काल फिर्ता लिनुपर्दछ‚’ श्रेष्ठले लेखेका छन्। अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको र जारी गरेपछि पार्टीमा कुनै छलफल नभएको उनले लेखेका छन्। ‘भोलिको स्थायी कमिटीको बैठकमा छलफल होला।तसर्थ अहिले यो मेरो निजी विचार हो‚’ उनले लेखेका छन्।
याे पनि :
प्रतिपक्षी नेता र सभामुखविनै संवैधानिक परिषद् बैठक बालुवाटारमा
अब संवैधानिक परिषदको बैठक विपक्षी दलको नेता र सभामुखबिनै बस्न सक्ने, यस्तो छ अध्यादेश
नेकपा विवादको असर : संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज नभए दुर्घटना निम्तिन्छ : प्रचण्ड
संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि देउवा बैठकमा नजाने
अध्यादेश अधिनायकवादको सिँढी हो : शेखर कोइराला
अध्यादेश सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो : रामचन्द्र पौडेल
संवैधानिक परिषदसम्वन्धी अध्यादेशमा बाबुरामको टिप्पणी- ओली परिषद्
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक
संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा जारी, देउवा आए, सभामुख अनुपस्थित
प्रतिक्रिया