+
Search

ताजा अपडेट +

पपुलर +

माधवकुमार भन्छन्: अध्यादेश तुरुन्तै फिर्ता लिनुपर्छ

4KNationalDaily
२०७७ मंसिर ३०, मंगलवार १९:१५ बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त अध्यादेश फिर्ता लिएर गल्ती सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

पार्टीको बैठकलाई छलेर प्रधानमन्त्री ओलीले चालेको कदम अत्यन्तै गलत भएको नेता नेपालले बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशबारे आक्रामक प्रतिक्रिया दिँदै नेता नेपालले भने ‘उहाँ (ओली)ले जुन तरिकाबाट यो अध्यादेश ल्याउनुभएको छ, भोलि बैठक छ, त्यसलाई छलेर कुनै सर-सल्लाह नगरिकन जुन हिसाबले उहाँ चल्न खोज्नुभएको छ, यो अत्यन्तै बेठीक तरिका हो ।’

प्रधानमन्त्री ओलीले पार्टीलाई पनि विश्वासमा नलिएको र प्रतिपक्षको पनि विश्वास गुमाएको वरिष्ठ नेता नेपालले बताए ।

‘छलफल गरेर टुंगो लगाउनुपर्ने विषयमा उहाँ जसरी एकलौटीरुपमा जाँदै हुनुहुन्छ, यो अत्यन्तै गलत कुरा हो’ उनले भने, ‘उहाँले तुरुन्तै अध्यादेश फिर्ता लिनुपर्छ । र, यस्तो तरिका फेरि दोहोरिन हुँदैन ।

याे पनि :

सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद : देउवा

नेकपा प्रवक्ताको टिप्पणी- अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत

प्रतिपक्षी नेता र सभामुखविनै संवैधानिक परिषद् बैठक बालुवाटारमा

अब संवैधानिक परिषदको बैठक विपक्षी दलको नेता र सभामुखबिनै बस्न सक्ने, यस्तो छ अध्यादेश

नेकपा विवादको असर : संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश खारेज नभए दुर्घटना निम्तिन्छ : प्रचण्ड

संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि देउवा बैठकमा नजाने

अध्यादेश अधिनायकवादको सिँढी हो : शेखर कोइराला

अध्यादेश सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो : रामचन्द्र पौडेल

संवैधानिक परिषदसम्वन्धी अध्यादेशमा बाबुरामको टिप्पणी- ओली परिषद्

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा जारी, देउवा आए, सभामुख अनुपस्थित

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily