+
Search

ताजा अपडेट +

पपुलर +

बार्सिलोनाको पुनरागमन जित

4KNationalDaily
२०७७ पुष २, बिहीबार ०८:१८ बजे

काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम बार्सिलोनाका जोर्डी अल्बा र फ्रिन्की डी जोङले गोल गरे। यता, रियल सोसिडाडका लागि विलियन जोसेले गोल गरे।

खेलको २७ औं मिनेटमा विलियन जोसेले गोल गर्दै रियल सोसिडाडलाई १–० गोलको अग्रता दिलाएका थिए। तर खेलको ३१ औं मिनेटमा जोर्डी अल्भाले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरी दिलाए।

खेलको ४३ औं मिनेटमा डी जोङले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफसम्म २–१ गोलको अग्रता बनायो। पहिलो हाफमा नै २–१ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिएको एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाएको छ। १२ खेलबाट २० अंक बनाउँदै बार्सिलोना लिगको पाँचौ स्थानमा उक्लिएको छ।

पराजित रियल सोसिडाड भने १४ खेलबाट २६ सहित लिगको दोस्रो स्थानमा झरेको छ। बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड भन्दा ६ अंकले पछि छ। ११ खेल मात्रै खेलेको एथ्लेटिको मड्रिडको २६ अंक छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily