+
Search

ताजा अपडेट +

पपुलर +

वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधानको शिरमाथि तरबार झुन्डिरहन्छ : बाबुराम भट्टराई

4KNationalDaily
२०७७ पुष ४, शनिबार ०८:०१ बजे

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शिरमाथि तरबार झुन्डिरहने आरोप लगाएका छन्।

खासगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले संविधान र लोकतन्त्र खतरामा परेको चिन्ता व्यक्त गरेका हुन्।

‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शिरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टि गरिसके,’ डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविश्वासलगायतका हतियार प्रयोग गर्न खुट्टा कँपाउनेलाई इतिहासले क्षमा गर्ने छैन है।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily