+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसका सभापति देउवा भन्छन् : विषेश अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौं

4KNationalDaily
२०७७ पुष ४, शनिबार ०८:०५ बजे

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विषेश अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न गरिएको प्रयास सफल असफल भएको बताएका छन्।

कांग्रेससँग संसदमा २५ प्रतिशत सांसद् नभएकाले अन्य दलसँग छलफल गर्दा ‘सार्थकता’ पाउन नसकेकाले विशेष अधिवेशन माग गर्न नसकिएको देउवाले जानकारी दिएका हुन्।

संसद् अधिवेशन बोलाउन मैले पटकपटक पहल गरेको थिएँ।कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथीहरूसँग पनि यस विषयमा छलफल भएको थियो,’ शुक्रबार साँझ सभापति देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ती छलफलले सार्थकता नपाएकाले विषेश अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौं। अब तत्काल नियमित संसद् अधिवेशन बोलाउन माग गर्दछु।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily