+
Search

ताजा अपडेट +

पपुलर +

एकाएक बढ्यो ओलीको राजनीतिक दौडधुप, राष्ट्रपतिलाई भेट्न पुगे शीतल निवास

4KNationalDaily
२०७७ पुष ४, शनिबार १८:०६ बजे

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए ।

पार्टी निकै अप्ठेरोमा परेपछि ओली प्रधानमन्त्री भएपछि पहिलोपटक खुमलटार पुगेका हुन्। यसअघि बसेको स्थायी कमिटी बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। प्रचण्डलाई फकाउन गौतम सजिलो हुने भएकाले ओलीले खुमलटार लिएर गएका हुन्।

यसअघि संवैधानिक परिषद नियुक्तिसम्बन्धी अध्यादेश ओलीले फिर्ता गर्ने भनिए पनि नगरेपछि थप समस्या भएको हो। गत पुस १ गते बसेको स्थायी कमिटी बैठकमा ओली अध्यादेश फिर्ता गर्न सहमत भएका थिए।

तर यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता नलिएपछि पार्टीमा आशंका बढाएको छ। प्रचण्डले अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद् बैठकअघि ओलीलाई भेटेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily