+
Search

ताजा अपडेट +

पपुलर +

देउवानिवासमा कांग्रेस र जसपाका नेताहरुबीच छलफल

4KNationalDaily
२०७७ पुष ४, शनिबार १८:०९ बजे

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भइरहेको छ।

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो।

स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत सहभागी छन् भने जसपाबाट केन्द्रीयय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक अध्यादेश लगायतको विषयमा छलफल भइरहेको स्रोतले जनायो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily