+
Search

ताजा अपडेट +

पपुलर +

भावी प्रधानमन्त्री प्रचण्डलाई बनाउने नेकपाका बहुमत सांसदको प्रस्ताव

4KNationalDaily
२०७७ पुष ५, आईतवार १७:०२ बजे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि सिफारिस गरिएको पाइएको छ।

आइतबार बिहान साढे १० बजे दर्ता भएको अविस्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका लागि प्रचण्डको नाम सिफारिस भएको पाइएको हो।

नेकपा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नेकपा संसदीय दलको नेताबाट हटाउन ओलीलाई हटाउनुपर्ने भन्दै ९० सांसदले आइतबार बिहान १० बजेकै आसपास नेकपा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

प्रधानमन्त्री ओलीविरुद्ध नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily