+
Search

ताजा अपडेट +

पपुलर +

बानेश्वरमा नेकपा कार्यकर्ताको नारा : केपी हिट्लर देश छोड !

4KNationalDaily
२०७७ पुष ५, आईतवार १७:०८ बजे

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालनिकट जनवर्गीय संगठनहरुले आज संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन्।

उनीहरुले नेपाली जनतालाई केपी ओली चाहिँदैन, गणतन्त्र मास्न पाइदैन, केपी हिट्लर देश छोडलगायतका नाराहरु लगाएका थिए। यस्तै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर भएको भन्दै देश छोड भनेर नारा लगाएका थिए।

प्रचण्ड–नेपालनिकट विद्यार्थीहरुले काठमाडौंलगायतका देशका विभिन्न भागमा संसद विघटनविरुद्ध प्रदर्शन गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले नेकपा विवादको समयमा संसद विघटन गर्दै वैशाखमा प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने सिफारिस विहान गरेका थिए। त्यसको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले स‌सद विघटन गरेकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily