+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा स्थायी कमिटीको निर्णय : ओलीलाई कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने

4KNationalDaily
२०७७ पुष ५, आईतवार १७:४७ बजे

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय नेकपा स्थायी कमिटीले गरेको छ।

आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।

यद्यपि उक्त बैठकमा प्रधानमन्त्री ओली र उनीपक्षीय नेता सहभागी थिएनन्। कार्यकारी अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यले यस्तो निर्णय गरेका हुन्।

नेकपा केन्द्रीय कमिटी बैठक आगामी पुस ७ गते बोलाउने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily