काठमाडौं- राजनीतिक घटनाक्रम फेरिएसँगै चारै सुरक्षा निकायले आफ्ना मातहतलाई ‘चनाखो बस्न’ सर्कुलर गरेका छन् ।
देशमा राजनितीक घटनाक्रम फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए । सुरक्षा निकायले देशभर संवेदनशील र ‘चनाखो हुन’ सर्कुलर गरेका छन् । सुरक्षा निकायलाई ‘अलर्ट’ बस्न भनिएको छ ।
प्रतिक्रिया