काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज बुधबार संसदीय दलको बैठक बोलाएको छ।
बिहान साढे ११ बजे बैठक बोलाइएको हो। पार्टीको अर्को केन्द्रीय कमिटी बैठक भने बिहीबारका लागि तोकिएको छ।
मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड(नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयनसमेत गरेको छ।
यस्तै संसद् विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा जाने निर्णय पनि उक्त पक्षले गरेको छ। आन्दोलनका कार्यक्रम बिहीबार तय गरिने जनाइएइको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका कार्यकर्तालाई सशक्त रुपमा आन्दोलनमा लाग्न पनि आव्हान गरेका छन्।
उता ओली पक्षले पनि बालुवाटारमा मंगलबार नै केन्द्रीय कमिटी बैठक गरेको थियो। बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या ११ सय ९९ बनाएको थियो।
प्रतिक्रिया