+
Search

ताजा अपडेट +

पपुलर +

शत प्रतिशत घरभाडा छुट दिने घरधनी ‘पाेखरेल’

4KNationalDaily
२०७७ पुष ८, बुधबार १५:४६ बजे

काठमाडाैं-  नौ महिना देखि बन्द रहेको रात्रीकालिन ब्यवसाय बल्लतल्ल खुलेकाे छ । करिब ९ महिनापछि रात्रीकालिन व्यबसाय खुल्ने बाताबरण बनेको समयमा कतिपय घरधनी कै कारण बन्द गर्नु परेको समाचार आइरहेकाे समयमा अपवाद बनेका छन् गाेरखाका बिष्णु पाेखरेल ।

प्रसङ्ग हो नयाबसपार्कस्थित चादनी रोधिनाच घर प्रालिका घर धनीको । काठमाडौ महानगरपालिका २६ स्थित नयाँ बसपार्ककाे गोरखा भवनको पहिलो तल्लामा चादनी रोधी नाचघर रहेको छ । कोरोनाको कारण ९ महिनासम्म बन्द भएको रोधीलाई पुनसञ्चालनमा ल्याउन सहयोग पुग्ने हिसाबले घरधनी बिष्णु पोखरेलले बन्द अवधीको सम्पुर्ण घरभाडा छुट दिएका छन ।

गोरखा सिरान्चोक स्थायी घर भएका  पोखरेल हाल काठमाडौ नारायणथान बस्छ्न । मित्रनगर टोल बिकास सुधार समितिका अध्यक्ष समेत रहेका पोखरेल गोरखा समाज केन्द्रका कोषाध्यक्ष समेत हुन । सामाजिक कार्यमा कहिले पछि नपरेका पोखरेलले यो पुण्य कामले अझ उहाको महान मनलाई अझ प्रष्ट पारेका छ ।

घरधनी पाेखरेल भन्छन् ‘सहयोग भनेको दु:खमा गर्ने हो । घरधनी भनेको अभिभावक हो यस्तो बेलामा पनि संरक्षण दिन नसके कहिले दिने ?’ उनी थप्छन् ‘घरभाडाको कारण कुनै पनि ब्यबसाय बन्द हुन नपरोस ।’ सरल र मिजासिलो स्वभावको पोखरेल सबै घरवालाहरुले आफुले सक्दो सहयोग गरेर उदारता देखाउन पनि अनुरोध गर्छन् ।

चादनीका सञ्चालक भिम श्रेष्ठ घरधनी पाेखरेलले  एउटा असल अभिभावकको भुमिका निर्वाह गरेकाे दावी गर्छन् । भन्छन् ‘उहाँको यो कदम मात्र नभई यो भन्दा पहिले पनि गरेको मित्रवत ब्यबहारले पनि सबैको मनमा बस्नु भएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily