काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा पनि विघटन गरे उनको बाटो बाटो विध्वंसतिर हुने बताएका छन्।
शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी पत्रकारसम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सभा विघटन गरे ओली विध्वंसको बाटोमा गएको प्रष्ट हुने बताएका हुन्।
कुरा मिठो गर्ने भित्र छुरा रोप्ने प्रवृत्ति छ ओलीको : प्रचण्ड
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाहिर मिठो कुरा गर्ने भएपनि भित्रभित्रै छुरा रोप्ने प्रवृत्ति भएको बताएका छन्। पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले भने‚ ‘प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा मिठो गर्ने तर भित्र छुरा रोप्ने प्रवृत्ति छ।’
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटन पूर्णरूपमा असंवैधानिक रहेको बताउँदै उनले सो कदमको विरूद्ध सडकमा सशक्त रूपमा जानेसमेत बताए।
प्रतिक्रिया