+
Search

ताजा अपडेट +

पपुलर +

ब्रोकर कमिसन घट्यो, सेयर बजारलाई थप राहत

4KNationalDaily
२०७७ पुष १०, शुक्रबार १८:२१ बजे

काठमाडौं- धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ। पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए।

ब्रोर्डले ब्रोकर कमिसन ३३% ले घटाएको जानकारी दिएको छ। कमिसन घटेपछि यसको सकारात्मक असर सेयर बजारमा पर्नेछ।

निरन्तर उछाल आएको सेयर बजारमा राजनीतिक घटनाक्रमले केही अलमल देखिए पनि लगानीकर्तामा उत्साह घटेको छैन। पुरानो रेकर्ड तोड्दै सेयर बजार सूचक दुई हजार क्रस गरिसकेको छ।

बुलिस ट्रेन्डमा रहेको सेयर बजारको सकारात्मक वातावरण राजनीतिक घटनाक्रमले नबिथोलिने विश्‍वासमा लगानीकर्ता देखिन्छन्।

साताको अन्तिम दिन बिहीबार नेप्से सूचक केही करेक्शन भएर २०३८.६३ मा अडिएको छ। दैनिक पाँच अर्बभन्दा बढी कारोबार हुँदै आएकोछ।

अर्थमन्त्री विष्णु पौडेलकै पहलमा ब्रोकर कमिसन घटाइएको हो। अर्थमन्त्रीको निर्देशनपछि बोर्डले पनि कमिसन घटाउने निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily