काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्।
विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन्।
प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्।
राजनीतिक रूपमा नेकपा दुई पार्टीमा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष आ–आफ्नो शक्तिसञ्चयमा जुटेका बेला तत्कालीन माओवादी केन्द्रका केही नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको हो।
प्रतिक्रिया