+
Search

ताजा अपडेट +

पपुलर +

ओलीको कदममा देउवाको साथ, केन्द्रीय सदस्यलाई बोल्न छेकबार !

4KNationalDaily
२०७७ पुष ११, शनिबार ०९:२९ बजे

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले प्रतिनिधिसभा पुन:स्थापनाको कुनै एजेन्डा नबोक्ने स्पष्ट पारेका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले संसद् पुनस्र्थापनाको एजेन्डालाई जनतासमक्ष लिएर जानुपर्ने माग गरिरहेको अवस्थामा सभापति देउवाले त्यस्तो एजेन्डा बोक्न नसकिने स्पष्ट पारेकाे खबर आजको राजधानी दैनिकले छापेको छ।

शुक्रबारको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेलले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेन्डा संसद् पुनस्र्थापना हुनुपर्ने आवश्यकता औंल्याएका थिए । पौडेललाई जवाफ दिँदै सभापति देउवाले संसद् पुनस्र्थापनाको एजेन्डा बन्न नसक्ने बताएका हुन् ।

‘संसद् विघटनको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यसबारे कांग्रेसले केही गर्दैन र यस विषयमा कुरा गर्ने अवस्था छैन,’ बैठकमा सभापति देउवाले भने।

कांग्रेसले यही १३ पुसमा सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले १९ पुससम्म केन्द्रीय समितिको बैठक स्थगित गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily