+
Search

ताजा अपडेट +

पपुलर +

लिभरपुलविरुद्ध वेष्ट ब्रुमको बहादुरीपूर्ण प्रदर्शन

4KNationalDaily
२०७७ पुष १३, सोमबार ०८:३२ बजे

काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ब्रुमसँग बराबरी खेल्दै अंक बाँडेको छ। वेष्ट ब्रुमले लिभरपुललाई उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकेको हो।

लिभरपुलका साडियो मानेले गोल गरेका थिए। यता, वेष्ट ब्रुमका लागि सेमी अजयीले गोल गरे। खेलको १२ औं मिनेटमा मानेले गोल गर्दै वेष्ट ब्रुमविरुद्ध लिभरपुललाई १–० गोलको अग्रता दिलाए।

पहिलो हाफमा मानेकै गोलमा अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा भने गोल खाँदै बराबरीमा चित्त बुझाउन पर्‍याे। ८२ औं मिनेटमा सेमी अजयीले गोल गर्दै वेष्ट ब्रुमलाई १–१ गोलको बराबरी दिलाएका थिए।

प्रिमियर लिग मै भएको अर्को खेलमा टोटेनहम र वुल्भ्सले पनि १–१ गोलको बराबरी खेलेका छन्। खेलको पहिलो मिनेटमा नै गोल गर्दै टोटेनहमले अग्रता बनाएको थियो।

तर खेलको ८६ औं मिनेटमा गोल खाँदै टोटेनहमले वुल्भ्ससँग १–१ गोलको बराबरी खेलेको हो। अन्य खेलमा भने लिड्स युनाइटेडले बर्नलीलाई १–० गोलअन्तरले पराजित गर्दा वेष्ट हाम र ब्राइटन भने २–२ गोलको बराबरीमा रोकिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily