+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गेश थापा र रियाशा दाहालको ‘भट्टीवाली’ सार्वजनिक

4KNationalDaily
२०७७ पुष १३, सोमबार १९:३८ बजे

काठमाडौं- आधुनिक गीत र र्‍याप समावेश ‘भट्टीवाली’ गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दासको स्वर र जगत तिरुवाको र्‍याप समेत समावेश छ।

परदेशमा बसेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।

डान्सिङ शैलीको यस गीतमा युवायुवतीबीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ ।

बुद्ध थापाले छायांकन गरेका यस भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily