+
Search

ताजा अपडेट +

पपुलर +

‘पिरती’मा रोमान्टिक नजिर र सुशिला

4KNationalDaily
२०७७ पुष १३, सोमबार १९:४० बजे

काठमाडाैं– गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पिरती’ बोलको गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा नाजिर सुशिलालाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । नाजिर र सुशिलाको नृत्य पनि भिडियोमा देख्न सकिन्छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा सुवोल थापाको करियोग्राफी रहेको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन, सुरेश काफ्लेको ड्रोन तथा विकाश धमलाको सम्पादन रहेको छ । भिडियोलाई भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily