+
Search

ताजा अपडेट +

पपुलर +

एलिजा र सनिशको ‘तिम्रो बानी परेछ’ सार्वजनिक

4KNationalDaily
२०७७ पुष १३, सोमबार १९:४२ बजे

काठमाडौँ- भ्वाइस अफ नेपालका प्रतिस्पर्धी सनिश श्रेष्ठको स्वर रहेको गीत ‘तिम्रो बानी परेछ’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो साइपल क्रियसनको निर्माणमा बनेको हो ।

गीतकार दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा सनिश श्रेष्ठको स्वर रहेको छ । त्यस्तै, गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा नायिका एलिजा गौतम र गायक स्वयं सनिश श्रेष्ठको अभिनय रहेको छ।

साइपल क्रियसनको युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहनेछ। युवा निर्देशक प्रहिल कार्कीले भिडियोको निर्देशन गरेका छन्।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily