+
Search

ताजा अपडेट +

पपुलर +

अंशिका शर्माले पहिरिइन् मिस युनिभर्सको ताज

4KNationalDaily
२०७७ पुष १६, बिहीबार १०:२२ बजे

काठमाडौं–‘मिस युनिभर्स नेपाल २०२०’ को ताज अष्ट्रेलियानिवासी अंशिका शर्माले जितेकी छन्। बुधवार राति भएको प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै शर्माले मिस युनिभर्सको ताज जितेकी हुन्।

प्रतियोगिताको फाइनलमा शर्मासहित मस्को निवासी निनाकान्ता मण्डल, अमेरिका निवासी सुजिता बस्नेत, काठमाडौं निवासी दिक्ता थापा र विराटनगरनिवासी न्यान्सी खड्का पुगेका थिए।

पहिलो पटक स्वतन्त्र रुपमा सञ्चालन भएको भनिएको प्रतियोगिताका लागि पाँच सय आवेदन परेको आयोजकले जनाएका थिए। विभिन्न चरण पार गर्दै फाइनलमा भने १८ जनालाई र्‍याम्पमा उतारिएको थियो।

प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, अनुपमा खुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह थिए। जितसँगै शर्माले १० लाख नगदसहित १५ लाख बराबरको क्राउन हात परेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily