+
Search

ताजा अपडेट +

पपुलर +

इन्दिरा जोशी र अमरको ‘आगो’मा एन्जिला [भिडियो]

4KNationalDaily
२०७७ पुष १८, शनिबार ०८:४४ बजे

काठमाडौं- मोडल एन्जिला ढकाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका इन्दिरा जोशी र अमरको स्वर रहेको गीत ‘आगो हो’मा एन्जिलाको अभिनय छ।

सुमित ढुंगेलको कथा र निर्देशन रहेको भिडियोमा ढकालसहित सन्देश शाक्य, शशी क्षेत्री र स्वस्तिकालगायत कलाकारको अभिनय रहेको छ। आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन्।

डिनसन शाहले सम्पादन गरेको उक्त भिडियो सुपर चमात्किारिक शक्तिको विश्वासमा आधारित छ। गायिका जोशीको साथमा अभिनित सो भिडियोमा मोडल ढकालले पहिलो पटक अभिनय गरेकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily