+
Search

ताजा अपडेट +

पपुलर +

चेल्सीलाई पराजित गर्दै सिटी पाँचौं स्थानमा

4KNationalDaily
२०७७ पुष २०, सोमबार ०९:४० बजे

काठमाडौं– चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीका इल्के गुन्डगन, फिल फोडेन र केभिन डे ब्रुयनले समान १–१ गोल गरे। घरेलु टिम चेल्सीका लागि कालुम हुड्सन ओडोईले एक गोल फर्काए।

चेल्सीविरुद्ध जित निकाल्ने क्रममा सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको १८ औं मिनेटमा गुन्डगनले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाए। त्यसको तीन मिनेटपछि फोडेनले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए।

३४ औं मिनेटमा केभिन डे ब्रुयनले गोल गरेपछि चेल्सीविरुद्ध सिटीले पहिलो हाफमै ३–० गोलको फराकिलो अग्रता बनाएको थियो। पहिलो हाफमै सिटीविरुद्ध दबाबमा खेलेको चेल्सीले खेलको इन्जुरी समयमा गोल फर्काएको थियो। हुड्सनले गोल गर्दै ३–१ को स्थितिमा ल्याएपनि चेल्सीले सिटीलाई रोक्न भने सकेन।

यो जितसँगै म्यानचेस्टर सिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ। सिटीले १५ खेलबाट २९ अंक बनाएको छ। पराजित चेल्सी भने १७ खेलबाट २६ अंक बनाउँदै लिगको आठौं स्थानमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily