चितवन– नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान प्रचण्डलाई सुझाव दिएका छन् ।
उनले प्रचण्ड-माधव समूह चुनाव देखेर भागिरहेको आरोप लगाउँदै मध्यावधि निर्वाचनमा गएर प्रधानमन्त्री हुन सक्ने बताए । पार्टीको अध्यक्ष चाहिएको भए महाधिवेशनबाट कार्यकर्ताको मन जित्न सक्नुपर्ने मन्त्री बादलको भनाइ छ ।
नेकपा ओली समूहको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले पुरानो संसद व्यूँताएर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने दाबी गरे ।
पार्टीभित्र प्रचण्ड-माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट केपी ओलीलाई हटाउने षडयन्त्र गरेपछि संंसद विघटन गर्नुपरेको मन्त्री थापाको जिकिर छ ।
मन्त्री थापाले नेतृत्वलाई अपदस्थ गर्ने प्रचण्ड-माधव समूहको नीति र विचार सही नभएको बताए ।
प्रतिक्रिया