गाेरखा– नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म एकीकरण पदयात्रा सुरु गरेको छ।
पुस २७ गते २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सेनाले गोरखा दरबारदेखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्डासम्मको पदयात्रा मंगलबारबाट सुरु गरेको हो।
पृथ्वीनारायण शाहले एकीकरण गर्ने बेला हिँडेको बाटो हुँदै गोरखादेखि काठमाडौंसम्म सेनाले पदयात्रा गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तक्रिर्या तथा प्रवचनको कार्यक्रम समेत पदयात्रामा राखिएको छ।
राष्ट्रिय एकताको प्रतिक नेपालको झण्डा, टर्चका साथै पृथ्वीनारायण शाहाकालीन सैनिक पोशामा सोही समयमा खटिएको ५ वटायुनिटहरुको निशान झण्डा संलग्न गरिएको छ।
भिडियाे
भिडियाे
प्रतिक्रिया