+
Search

ताजा अपडेट +

पपुलर +

म्यानपावरलाई हातमा पैसा नथमाऔँ, बैंक खातामा जम्मा गरौँ : विभाग

4KNationalDaily
२०७७ पुष २३, बिहीबार ०७:४६ बजे

काठमाडौं- वैदेशिक राेजगार विभागले राेजगारीकाे खाेजीमा विदेशिने युवाहरुलाई म्यानपावर कम्पनीलाई बुझाउने सेवाशुल्क रकम बैंक खातामा जम्मा गर्न आग्रह गरेको छ।

लागत रकम सम्वन्धित म्यानपावर कम्पनीको बैंक खातामा मात्र जम्मा गरी त्यसको भौचर सुरक्षित राख्नसमेत विभागले आग्रह गरेकाे हाे।

पछिल्लो समय वैदेशिक राेजगारीमा जाने युवाहरूसँग म्यानपावरले ताेकिएकाे लागत रकमभन्दा कयौं गुणा बढी रकम असुल्ने तर १० हजारकाे भर्पाई थमाउने प्रवृति बढेको भन्दै विभागले सचेत गराएको हो।

भनेजस्तो काम तथा पारिश्रमिक नभएर तथा ठगिएर फर्कनु पर्‍यो भने म्यानपावरलाई रकम बुझाएको प्रमाण नहुँदा न्याय पाउन कठिन भइरहेकाे छ।जसकारण समयमै सचेत भई लागत रकम म्यानपावरकाे बैंक खातामा जम्मा गर्न विभागले सूचना जारी गर्दै आग्रह गरेको हाे।

त्यस्तै अन्तर्वार्तामा छनाेट भएपछि मात्रै सम्बन्धित म्यानपावर कम्पनीलाई सक्कल राहदानी (पासपोर्ट)लगायतका आवश्यक कागजात बुझाउनसमेत विभागको आग्रह छ।

कसैले ‘म्यानपावर कम्पनीमा आबद्ध छु’ भनेमा वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर आधिकारिकता जाँँच्न पनि विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily