+
Search

ताजा अपडेट +

पपुलर +

माघेसंक्रान्तीमा जराङमा ‘जराङ कप’ हुदैं, यसरी गर्नाेस टिम दर्ता

4KNationalDaily
२०७७ पुष २९, बुधबार ०७:११ बजे

गाेरखा– माघेसंक्रान्तीमा बारपाक-सुलिकाेट गाउँपालिका-८, जराङमा ‘जराङ कप’ प्रतियाेगिता हुने भएकाे छ । स्थानिय जनप्रेमी युवा क्लबको आयोजनामा जराङ खेल मैदानमा  खुल्ला नक आउट फुटवल प्रतियाेगिता हुने भएको हो ।

माघेसंक्रान्तीका अबसरमा स्थानिय स्तरका खेलाडी तथा खेल क्षेत्रको विकासमा सघाउ पु¥याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा पहिलो पुरस्कार ७१ हजार र दोस्रो पुरस्कार ३६ हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजक क्लबले जनाएको छ ।

यसैगरि उत्कष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने क्लबका रमेश बरामले जानकारी दिए । प्रतियोगिताका लागि करीब दुई लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

२५ टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता एन्फाको नियम अनुसार खेलाईने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily