+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई प्रचण्डको चुनौती : सरकारका काममा पार्टीले बाधा गरेको एउटा मात्रै प्रमाण दिनुस्

4KNationalDaily
२०७७ पुष २९, बुधबार १६:४६ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कुनै पनि काममा बाधा नगरेको बताएका छन्।

पार्टीका केही नेताहरूले भने सरकारका काममा बाधा पुर्‍याएको भनेर प्रधानमन्त्री ओलीले बताइँरहदा त्यसको प्रतिवाद गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘उहाँले भन्न सक्नुहुन्छ? प्रमाणसहित कुन काममा पार्टीले बाधा गर्‍यो भन्न सक्नुहुन्छ,’ प्रचण्डले प्रश्न गरे।

पार्टीले अवरोध गरेको एउटा पनि प्रमाण ओलीले दिन नसक्ने उनको ठोकुवा छ। सरकारले गर्न लागेको राम्रो काममा पार्टीले कुन काममा अवरोध गरेको देखाउन उनले चुनौती दिए।

पार्टीले गरेको निर्णय ओलीले नमान्दा वर्तमान अवस्था आएको उनले प्रष्टाए। कोरोना संक्रमण नियन्त्रणका लागि दिएको सुझावलाई ओलीले व्यङ्ग्य गर्दै हिँडेको प्रचण्डले स्मरण गरे।

‘महामारीको बेला भ्रष्टचार भएको छताछुल्ल हुने गरी बाहिर आयो। सरकार नै जोडिएको छ्याप्छ्याप्ती प्रमाणसहित आयो। अनि उहाँले पार्टीले काम गर्न दिएन भन्ने,’ प्रधानमन्त्रीलाई प्रचण्डले प्रश्न गरे।

‘प्रचण्डलाई खेद्नुपर्ने कारण के पर्‍यो?’

प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री बनाउन तथा पार्टी एकता गराउन पहल आफूले गरेपनि ओलीले खे्द्ने काम गरेको प्रचण्डले दुखेसो व्यक्त गरेका छन्।
पार्टी विवाद हुने संस्था भएकाले समस्या उत्पन्न भइरहने उनले बताए।

‘विवाद नहुने संस्था पार्टी हुन सक्दैन। मत मतान्तार हुन्छ। बहस हुन्छ,’ प्रचण्डले भने, ‘विवादको अन्त्य पार्टीमा भयो भने पार्टीको पनि अन्त्य हुने मार्क्सवादले भन्छ। साम्यवादमा पार्टी चाहिंदैन।’

पार्टीले समस्या पारेको भए ओलीले विश्वास जित्न बल गर्नुपर्ने उनको तर्क छ। पार्टीको विश्वास जित्न नसके राजीनामा दिने विकल्प भएपनि ओलीले त्यसो नगरेको बताए। बहुमतको निर्णय नमाने लोकतन्त्र चल्न नसक्ने प्रचण्डको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily