+
Search

ताजा अपडेट +

पपुलर +

टोपवहादुरको आरोप– ३ वर्ष सरकारमा बसेर खाएकाहरु अहिले सडकमा ढुंगा हान्दैछन्

4KNationalDaily
२०७७ पुष २९, बुधबार १८:१६ बजे

काठमाडौं- ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ३ वर्षसम्म केपी ओली नेतृत्वको सरकारमा बसेर तर मारेकाहरु अहिले सडकमा ढुंगा हान्दै हिँडेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लवमा बुधवार आयोजित कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले ३ वर्षसम्म सरकारमा बसेर अन्तिममा प्रधानमन्त्रीलाई नै ‘कु’ गर्ने षड्यन्त्रको मतियार बनेकाहरु नै अहिले सडकमा ढुंगा हान्दै हिँडेको बताए ।

रायमाझीले भने– पार्टीभित्रैबाट सरकार ढालेर व्यवस्था नै धरापमा पार्ने षड्यन्त्र भएपछि सिस्टम बचाउँन प्रधानमन्त्रीले बाध्यात्मक कदम चाल्नुभयो । ३ वर्षसम्म सरकारमा बस्नेहरु अहिले ढुंगा हान्दै हिँडेका छन् । वास्तवमा यिनीहरु कसैलाई चुनाव जितिन्छ भन्ने नै छैन ।

रायमाझीले विस्तारै माहौल फेरिन लागेको दावी गर्दै केपी ओली नेपालको नायक भएकाले चुनाव ओली नेतृत्वकै पार्टीले जित्ने बताए । उनले नेकपा फुटेका बेला प्रतिपक्ष उत्साहित भएर चुनावमा जानुपर्नेमा अलमल गर्नुले पनि उनीहरुमा जितिन्छ भन्ने आत्मविश्वास नरहेको दावी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily