पर्वत- कांग्रेस सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव हुन नसक्ने दाबी गरेका छन् ।
बिहीबार पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८औँ स्मृतिसभामा देउवाले प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव गराउन नसक्ने बताएका हुन् ।
‘केपी ओलीले कहाँ चुनाव गराउँछन् र भन्या, गराउँदैनन् नि ! तपाईंहरू पत्याउनुहुन्छ ? मलाई त विश्वास लाग्दैन’, देउवाले भने ।
प्रतिनिधिसभा विघटन गर्ने ओली कदम लोकतन्त्रका लागि खतराका रूपमा देखिएको देउवाको टिप्पणी छ । उनले भने, ‘एकातिर चुनाव भन्ने, अर्कातिर प्रतिनिधिसभा खोस्ने, यो त लोकतन्त्रका लागि खतरा भयो ।’
संसद विघटन गर्ने ओली कदम असंवैधानिक भएकाले कांग्रेसले आन्दोलन घोषणा गरेको दोहोर्याउँदै देउवाले भने, ‘यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसमा अदालतलाई यो गर, त्यो गर भनेर दबाब दिने कुरा हुँदैन । उसले विवेक प्रयोग गरिहाल्छ ।’
सत्तारूढ नेकपाकाे अन्तरकलहमाझ कारण ५ पुसमा ओलीकाे सिफारिसअनुसार राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रतिक्रिया